१२ मंसिर २०८३, शुक्रबार

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान

एसीपी संवाददाता

७ कार्तिक २०७८, आईतवार ०३:१७ मा प्रकाशित

७ गते कार्तिक २०७८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको कोइरालाको टोली सडकमार्ग हुँदै मुम्बई जाने कार्यक्रम रहेको छ । मुम्बईमा उनले उपचाररत कांग्रेस सांसद कर्मा घलेसँग भेट्ने र त्यहाँबाट दिल्ली आउने कार्यक्रम छ ।

महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का पनि छन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा कोइराला त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । दिल्लीमा राजनीतिक भेटघाट हुने पनि बताइएको छ । शशांक १४ औं महाधिवेशनमा सभापतिका दाबेदार हुन् ।

त्यसैगरी दिल्लीमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x