११ आश्विन २०८३, आईतवार

किन चीनले रोक्न सकेन कोरोना संक्रमण ; पुनः महामारी बन्दै कोभिड १९

एसीपी संवाददाता

२७ श्रावण २०७९, शुक्रबार १६:४९ मा प्रकाशित

एजेन्सी । चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा देखिएको र ३५ जना मानिस सङ्क्रमित भएका खबरमा उल्लेख छ ।

ज्वरोका बिरामीको घाँटीको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।  सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेको छ ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने छ । चीनमा यसअघि सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x