कोरोना महामारीलाई परास्त गर्न नेपालगन्जमा महायज्ञ
श्याम कुमार साहु – नेपालगन्ज उमहानगरपालिका वडा नं ८ को कार्यालयको सहकार्यमा महायज्ञ गरिएको छ । नेपालगन्ज नगरमा
कोरोना महामारी रोकथामको लागि महायज्ञ गरिएको हो ।
मंगलवार नेपालगन्जमा कोरोना महामारी रोकथामका लागि महायज्ञ गरिएको हो । महायज्ञ गर्न चारपाङ्रे गाडीमा यज्ञशाला बनाइ नगर परिक्रमा गरिएको छ।
वडा कार्यालयको संयोजन र
प्रबंधन आर्य समाज परिवारको रहेको थियो ।

रानी तलाउ देखि भेरी अञ्चल अस्पताल हुँदै त्रिभुवन चौक, न्यूरोड, लगायत सम्पूर्ण टोल- टोलमा महायज्ञ र्याली गरिएको हो ।

१६ प्रकारको जडीबुटी मिसाई हवन गरिएको आयोजकले जनाएको छ । समाजसेवि विजय वैश्यका अनुसार अहिले कोरोना महामारी सङ निजात पाउने बिश्वासका साथ हवन गरिएको हो । कोरोना महामारीबाट हवन बाट शुद्ध हुन्छ बने विश्वास छ । वडा सदस्य निखिल वैश्यका कुनै बिपत्तिका बेला यश भन्दा पहिले पनि हवन गर्ने गर्दै आएको ईतिहास रहेको छ। ऋषिमुनिहरूले बिभीन्न असुरी शक्तिलाई परास्त गर्ने गरेकोले हवन गरी समाधान हुने बिश्वास रहेको वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले बताउनु भयो ।


