१८ आश्विन २०८३, आईतवार

कोरोना संक्रमणका कारण बाँकेमा थप चार जनाको मृत्यु

एसीपी संवाददाता

६ जेष्ठ २०७८, बिहीबार १७:१७ मा प्रकाशित

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप चारजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको अस्पतालले जनाएका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा जानकी गाउँपालिका-३ बाँकेका ४४ वर्षीया महिला, बढैयाताल गाउँपालिका-५ बर्दियाका ४० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-७ बाँकेका ६३ वर्षीया महिला र खजुरा गाउँपालिका-४ बाँकेका ७५ वर्षीय पुरुष हुनुहुन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २१५ जना र जिल्लाकै २५९ जनाको मृत्यु भईसकेको छ ।

यसअघि हिजो साझँ ५ बजेपछि बिहानसम्म जिल्लाका दुई अस्पतालमा ८ जनाले संक्रमणकै कारण ज्यान गुमाएका थिए । जिल्लामा संक्रम्मण दर ओरोलो झर्दै गएको भएपनि मृत्युदरमा भने कमि आउन सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x