१२ आश्विन २०८३, सोमबार

कोरोना संक्रमणबाट नेपालगन्जकी एक महिलाको मृत्यु

एसीपी संवाददाता

२२ कार्तिक २०७८, सोमबार ०२:५७ मा प्रकाशित

२२ गते कात्तिक २०७८ । कोरोना भाइरस संक्रमणबाट नेपालगन्जकी एक महिलाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती महिलालाई कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो। त्यसैदिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नहुँदा उनको गएराती मृत्यु भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रले जनाएको छ ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्युु हुनेको संख्या ३४० पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x