१३ आश्विन २०८३, मंगलवार

कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु

एसीपी संवाददाता

२६ बैशाख २०७८, आईतवार १४:०३ मा प्रकाशित

नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षीय उहाँको आइतबार दिउँसो भेरी अस्पतालमा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडा सदस्य कसेराको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।

उहाँ विगत १५/२० दिनदेखि बिरामी हुनुहुन्थ्यो । तर भेरी अस्पतालमा एक हप्तादेखि भर्ना हुनु भएको थियो । उहाँलाई सुगर र प्रेसरको समस्या रहेको थियो ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x