१२ भाद्र २०८३, शुक्रबार

क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाट्न

एसीपी संवाददाता

२३ मंसिर २०८२, सोमबार १६:३१ मा प्रकाशित

नेपालगन्ज ,मंशिर
क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर—४ बसपार्क स्थित कार्यालयको आज एक कार्यक्रमकाबीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गर्नुभएको हो ।क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उदघाट्न पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गर्नुभयो ।आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुझऋषी चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताउनुभयो । उहाँले पत्रकार महिलाहरुको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।  कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा कार्यक्रममा विशिष्ठ अतिथि डक्त धितालले पत्रकार महिलाहरुलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे पत्रकार महिलाहरुको संख्यात्मक बृद्धिसंगै गुणात्मक क्षमता बिकासका लागि क्रियाशिल पत्रकार महिला बाँकेको जिम्मेवारी थपिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार महासंघका सचिव बिजय मल्ल लगायतले क्रियाशिल पत्रकार महिला बाँकेले पत्रकार महिलाहरुको ब्यावसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लागिपर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले अध्यक्ष पदमा निर्वाचित भएको एकबर्ष नपुग्दै कार्यालय उदघाट्न कार्य सम्पन्न भएकोमा समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा थप योजनाका साथ रोचक कार्यक्रमहरुलाई निरन्तरता दिने उदघोष गर्नुभयो ।
उहाँले कार्यालय स्थापना संगै क्रियाशिल पत्रकार महिला बाँकेले गर्दे आएको सण्डे कल्ब ,नियमित औपचारिक कार्यक्रम र बिशेष कार्यक्रम गर्न सहज हुने धारणा राख्नुभयो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x