१२ मंसिर २०८३, शुक्रबार

गुणस्तरहीन कामको ढाकछोप गर्दै चिनियाँ कम्पनी

एसीपी संवाददाता

१७ फाल्गुन २०८०, बिहीबार २०:३९ मा प्रकाशित

सिरहा । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनीले कमसल काम गरिरहेको पाइएको छ । जसका कारण निर्माणाधीन अवस्थामै राजमार्ग भत्किन थालेको छ । यसप्रति नियामक र सरोकारवाला निकाय भने गम्भीर देखिएका छैनन् ।

मिर्चैया नगरपालिका- २ स्थित मल्हनियाँ चोकको सडकखण्डमा कालोपत्रे भइसकेका विभिन्न ठाउँमा समस्या देखिएको छ । तर, जहाँजहाँ स्थानीयले कमसल कामको विरोध गर्छन्, त्यहाँ चिनियाँ ठेकेदार चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले फेरि कालोपत्रे गरिदिएर आफ्नो गुणस्तरहीन कामको ढाकछोप गर्दै आएको छ ।

 

८० किलोमिटरको यो राजमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ । आयोजनाको नियमनका लागि सडक विभागले कमला कञ्चनपुर सडक योजना कार्यालय नै स्थापना गरेको छ । स्थानीयले कमसल कामको विरोध गरेपछि मात्रै विवाद सामसुम पार्न कार्यालयले तदारुकता देखाउने गरेको आरोप लागिरहँदा कमला कञ्चनपुर सडक योजना पश्चिम खण्डका प्रमुख उज्ज्वल श्रेष्ठले पनि समस्या देखिएको स्विकार्दै आफूहरू यस विषयमा काम गरिरहेको बताए ।

सरकारले १५ अर्बमा यो राजमार्ग विस्तारको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपलाई दिएको छ । तर, यति ठूलो लागतमा निर्माण भइरहेको राजमार्गको काम सुस्त गतिमा त भइरहेको छ नै, झन् कमसल काम हुँदा यसको गुणस्तरमा प्रश्न उठेको छ । बिनय आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् यो समाचार साभार गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x