१३ आश्विन २०८३, मंगलवार

चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतबारदेखि दोस्रो डोज

एसीपी संवाददाता

२ जेष्ठ २०७८, आईतवार ०९:३२ मा प्रकाशित

कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतबारदेखि दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन सुरु गरिएको हो। गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि दोस्रो डोज लगाउन लागिएको हो । भेरोसेलनको पहिलो डोज लगाउन केही अस्पताल तोकिएकोमा दोस्रो डोजका लागि भने महानगरले आवश्यक स्थानमा खोप लगाउने व्यवस्था गरेको छ । दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ। खोप लगाउन खाएका सर्वसाधारणहरुले पहिलो खोप लगाएको र केहि प्रभावकारी हुने भएकाले दोश्रो खोप पनि लगाउन आएको बताए । चीनिया खोप अनुदान पाएको नेपाल् ल्याउन मात्र करोडौंको खर्च भएको छ । अहिले विभिन्न देशमा ५०% सम्म काम गरेको चीनिया नेपालमा कति प्रभावकारि हुने हेर्न बाकी छ ।

गत चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आइतबार, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई सोमबार  र चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने बताइएको छ । त्यसपछि अन्य दिनमा पहिलो चरणको खोप लगाएकालाई पनि क्रमश दोश्रो खोप दिने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x