१३ आश्विन २०८३, मंगलवार

चीन माथी किन परमाणु बम हान्ने तयारी गरेको थियो अमेरीकाले ?

एसीपी संवाददाता

१७ जेष्ठ २०७८, सोमबार ०२:२८ मा प्रकाशित

वाशिङ्टन्। अमेरिकाले चीनमाथि आणविक आक्रमणको योजना बनाएको एक रिपोटमा खुलासा गरिएको छ। अमेरिकाका पूर्व सैन्य एनालिस्ट डेनियल एल्सबर्गले गोपनीय दस्तावेजका केही अंश अनलाइन पोस्ट यस्तो दावी गरेका हुन्।

चीन र ताइवानबीच संघर्ष चलिरहेका बेला १९५८ मा अमेरिकाले ताइवानलाई बचाउन परमाणु आक्रमण गर्न जोड दिएको रिपोर्टमा दावी गरिएको छ। यदि त्यति बेला अमेरिकाले चीनमाथि परमाणु बम खसाले तत्कालिन सोभियत संघले आफ्नो सहयोगी चीनको पक्षमा उसले पनि परमाणु बम अमेरिकामा खसालन सक्ने भन्दै ठूलो संख्यामा मानिसहरुको ज्यान जाने विश्लेषण गरिएको दावी गरिएको छ।

द न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार ताइवानलाई बचाउन अमेरिकी सैन्य रणनीतिकार यति ठूलो नरसंहार स्वीकार गर्नसमेत तयार भएको बताइएको छ। डेनियल एल्सबर्गले जुन गोपनीय दस्तावेजका केही अंश सार्वजनिक गरेका छन्, त्यस दस्तावेजका केही अंश पहिलो पटक १९७५ सार्वजनिक भएका थिए।

अमेरिकाले चीनको शांघाईसम्म पुगेर परमाणु आक्रमणको योजना बनाएको थियो। तर अन्तिममा अमेरिकी राष्ट्रपति डीडी आइजनहोभरले आणविक हतियारको प्रयोग नगरी परम्परागत हतियारको प्रयोग गर्ने निर्णय लिएका थिए। डिसिनेपाल्बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x