१४ भाद्र २०८३, आईतवार

चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा ठुलो लगानी गर्दै

एसीपी संवाददाता

१६ श्रावण २०८२, बिहीबार १२:३८ मा प्रकाशित

गत मङ्सिर महिनामा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताअनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा ठुलो लगानीको तयारी थालेको छ ।


कम्पनीले सिन्धुलीको मारिण गाउँपालिका–४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्नका लागि उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत २० अर्ब रुपैयाँको स्वीकृति प्राप्त गरेको छ। प्रधानमन्त्री ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएका हुन् । प्रस्तावित उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैँसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको आदि) उत्पादन गर्नेछ । चीन निर्यातलाई लक्षित गर्दै सञ्चालनमा ल्याइने यस उद्योगमार्फत ५ हजार १५६जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x