१३ आश्विन २०८३, मंगलवार

चीनलाई अमेरिकाको अर्को चेतावनी ; हङकङका प्रजातान्त्रिक नेतालाई अस्थाई रूपमा बस्न दिने

एसीपी संवाददाता

२२ श्रावण २०७८, शुक्रबार १२:२९ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थयाी रुपमा अमेरिका बस्नसक्ने बताउनु भएको छ ।

चीनले हङकङको स्वतन्त्रता हनन गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेकिार पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताएका छन् । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिक लाभान्वित हुने छन् ।

गत वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा स्थायी वसोवासका लागि ढोका खुला गरेको थियो । उता चीनले भने अमेरिकाको पछिल्लो निर्णयको चर्को आलोचना गरेको छ ।

वासिटङ डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ फङयोले अमेरिकाले चिनियाँ नीतिको अपब्याख्या र अपमान गरेको भन्दै अमेरिकी निर्णयले चीनको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x