१२ मंसिर २०८३, शुक्रबार

चैत्र भित्र सम्पुर्ण नेपालीलाई खोप दिने प्रधानमन्त्रीको तयारी

एसीपी संवाददाता

११ कार्तिक २०७८, बिहीबार ०८:२१ मा प्रकाशित

११ गते कात्तिक २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले किनेर ल्याएर भए पनि चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने घोषणा गरेका छन् ।

बेलायत भ्रमणको पूर्वसन्ध्यामा बिहीबार कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठक समारोहमा बोल्दै देउवाले कोरोना खोपको अभाव हुन नहुने स्पष्ट पारेका छन् ।

खोप खरीद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ । सबैलाई निःशुल्क खोप लगाउने हो ।’

नेपालमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले मात्र पहिलो मात्रामा खोप लगाएका छन् भने दोस्रो मात्राको खोप २२ प्रतिशतले मात्रै लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x