१२ मंसिर २०८३, शुक्रबार

जनताको सवाल राजनीतिको मुद्दा बन्नुपर्छ : गगन थापा

एसीपी संवाददाता

१९ माघ २०८०, शुक्रबार ११:४४ मा प्रकाशित

झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए ।

जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै उनले भने ‘युवाको रोजगारीको विषय, किसानको सिँचाइ समस्या, विद्यार्थीको पढाइको अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नुपर्छ ।’

उनले धनुषा-महोतरीका किसान निलगाईले बाली खाइदिने समस्याबाट आक्रान्त रहेको आफूले जानकारी पाएको बताए । ‘किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्याको विषयमा राजनीतिमा छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिइँदैन’, उनले भने, ‘जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा परेको छैन ।’

आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो संवाद कार्यक्रमले मद्दत पुग्ने महामन्त्री थापाको विश्वास छ । अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x