१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टी बाकेद्वारा मशाल जुलुस प्रदर्शन

एसीपी संवाददाता

१२ कार्तिक २०७८, शुक्रबार १४:०३ मा प्रकाशित

१२ गते कात्तिक २०७८ । नेपालगन्ज उपमहानगरपालिकामा रियाज अहमद शेषको नेतृत्वमा मसल जुलुस भव्य रुपमा प्रदर्शन भएको छ । उक्त मशाल जुलुस प्रदर्शनमा जिल्लाका बिभीन्न वडाका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । आज सम्पन्न मसाल जुलुसमा केन्द्रीय सदस्य जोया शेष , महिला जिल्ला अध्यक्ष नीतु सिंह, जिल्ला उपाध्यक्ष शान्ति गोडिया , युवा नेता मोहम्मद फारुक हाश्मी, जिल्ला युवा सचिव मेराज अहमद दर्जि , अली हुसेन बेहना, लगायत, जनमतका नेताहरू सहभागी थिए । जनमत पार्टी बाँकेका नेता रियाज अहमद शेषले बैठकमा आफ्नो धारणा राख्दै पक्राउ परेका नेताहरुलाई छिटो भन्दा रिहा गरिएन भने हामी सबैले यो भन्दा ठुलो आन्दोलन गर्ने बताउनुभयो । यस्तै भेलालाई सम्बोधन गर्दै महिला नेतृ केन्द्रीय सदस्य तथा लैङ्गिक समावेशी तथा महिला अध्यक्ष नसिमुन शेष (जोया)ले यो आन्दोलन सत्य र असत्यबीचको लडाइ हो, हामी सबैले अन्तिम साससम्म यो लडाइँ लड्ने बताइन । मधेसको भविष्य जनमत पार्टीको नेतृत्वमा रहेको बताइन् । अहिले जनमत पार्टी आन्दोलनरत रहेको छ । हाम्रा नेतालाई जबर्जस्ती जेल हालेको छ । तत्काल रिहा गर्न माङ गर्दै जनमत पार्टी आन्दोलन हुँदै आएको छ । नेपालगन्ज बाके जनमत पार्टी कार्यालय बाट शुरु भएको र्‍याली बजारको न्यु रोड हुँदै सेतु बिक पुगेको जनमत पार्टीले जनाएको छ । https://youtu.be/rBPpvkhg_z8

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x