१३ आश्विन २०८३, मंगलवार
जमुनाह नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
श्याम कुमार शाहु , नेपालगन्ज – भारत र नेपालमा अहिले कोरोना संक्रमण बढेकोले अहिले सिमामा सुरक्षा निकायलाई निकै सकस भएको छ । काेराेना महामारी बिरूद्व निरन्तर लडिरहेका प्रहरी कर्मचारी तथा स्वास्थ्यकर्मीकाे सुरक्षाका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
आइतबार ईलाका प्रहरी कार्यलय जमुनाह नाकामा ड्युटीमा रहेका प्रहरी जवानलाई तथा स्वास्थ्यकर्मीहरुलाई लायन्स क्लब अफ नेपालगन्ज सिटीले स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।
सुरक्षाको मापदण्ड अनुसार सुरक्षित रहन मद्दत पुर्याउन फेस सिल्ड र मास्क प्रदान गरिएको क्लबका अध्यक्ष घनश्याम कुमार वैश्यले बताउनुभयाे ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख बिष्णु गिरी र हाल्डिङ सेन्टरमा बस्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमण शुरु भएको देखि भारत सङ जोडिएको नाकामा कडाई गरिएको हो ।
Subscribe
Login
0 Comments


