१२ मंसिर २०८३, शुक्रबार

जसपाका नेता भट्टराईले पार्टी बदले पनि कम्युनिस्ट मानसिकता त्याग्न सकेनन् ; हिन्दु धर्म माथी अभद्र टिप्पणी

एसीपी संवाददाता

१५ श्रावण २०७८, शुक्रबार ०५:५७ मा प्रकाशित

जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी बदले पनि मानशिकतामा कम्युनिस्ट बिचार परिवर्तन नभएको उदाहरण पेश गरेका छ्न । अहिले नेपालमा रहेका हिन्दु मन्दिर र हिन्दुहरुको आस्था सङ भारत बाट लडाउने युरोपेली युनियन प्रयास खास गरि क्रिश्चियन कारण देन भएको बताएका छ्न । भुमिगतका बेला यिनै बाबुराम माओवादीका अगुवा बनी शिव सेना नेपालका नेताहरुको हत्यामा सहभागी हुने अनि हिन्दु धर्मलाई त्याग गराउनेलाई सहारा दिने गरेका हुन । देशमा माओवादी पार्टीको दशा देखेका छौ । कम्युनिस्ट पार्टीमा प्राय नेताहरू क्रिश्चियन भएको पाईन्छ धर्म न मान्ने दसैं न मनाउने गर्छन अहिले देश भर बाबुराम भट्टराई विरुद्ध हिन्दु संगठन बिरोधमा उतरेको छ भने जसपा नेता कार्यकर्ता मौन बसेका छन् । अहिले नेपालमा जे पनि गर्न पाइने छुट छ धार्मिक सम्बन्ध खलबलाउने नेपाल विश्व हिन्दु महासंघले जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथी कारवाही गर्न माग गरेकाे छ ।
डा‍. भट्टराईले आफ्नाे ट्विटरको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरि अत्यन्त अभद्र र आपत्तिजनक टिप्पणी गरेको भन्दै महासंघले कारवाहीकाे माग गरेकाे हाे ।
विश्व हिन्दु महासंघका अध्यक्ष केदारनाथ दहाल र सचिव अभिषेक तिवारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेका छन् ।
विज्ञप्तीमा नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छाैं । विदेशी मिसिनरी शक्तिहरुद्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ। उल्ले गरिएकाे छ ।
त्यस्तै जारी विज्ञप्तीमा असामाजिक तत्वहरुलाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढीको देखिन्छ। पुर्व प्रधानमन्त्री डा. भट्टराई कि पत्नी पुर्व मन्त्री हिसिला यमि, पुर्व मन्त्री मो. इस्तियाक राई त्यसै गरि राजनीति विश्लेषक सि.के. लाल जस्ता विभिन्न पात्रहरू द्वारा पटक पटक वैदिक सनातन हिन्दु धर्म र संस्कृति लाई लक्षित गरि आपत्तिजनक र अभद्र टीका टिप्पणी हुने गरेको पाइएको उल्लेख गरिएकाे छ ।
तसर्थ वैदिक सनातन हिन्दु धर्म र संस्कृति प्रति यस्ता आपत्तिजनक तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरुलाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघले जोडदार माग गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x