१२ मंसिर २०८३, शुक्रबार

तालिवानले पन्जशिर कब्जा गर्न पसिना बगाउदै , उपलब्धि शुन्य

एसीपी संवाददाता

१९ भाद्र २०७८, शनिबार ०४:१३ मा प्रकाशित

भदौ १९ गते – शनिबार । तालिवानलाई अहिले पनि पसिना बगाउनु परेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । उक्त स्थानमा हतियार सहुत लडाइँ गर्न अफगानिस्तानलाई शाह बन्का लडाकु मैदान कडा मुकाबला गर्दै छन । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ ।

यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु मारिएको बताएको छ । पञ्जशिर प्रान्त यसअघि पनि कहिल्यै तालिबानको नियन्त्रणमा आएको थिएन । यो प्रान्तमा ठूलो संख्यामा लडाकुहरु तैनाथ गरिएको विश्वास लिइएको छ ।

एनआरएफमा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि सामेल छन् । उक्त लडाइँ तालिवानको लागि सजिलो नभएको ठम्मयाई छ । अफगानिस्तानका पूर्व सैनिक र स्थानीय लडाकुलाई पञ्जशिरका स्थानीय नेता अहमद मासुदले नेतृत्व गरिरहेका छन् । मासुदका बाबुले सन् १९८० को दशकमा सोभियत संघ र १९९० को दशकमा तालिबानविरुद्ध वीरतापूर्वक युद्ध लडेका थिए । अहिले पनि पन्ज्शिरमा तालिवानलाई थुप्रै छती हुन सक्ने अनुमान गरिएको छ । यता तालिवानलाई पाकिस्तान बाट सहयोग पाउदै आएकोले छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्ता असफल भएसँगै लडाकुहरु अहिले पञ्जशिर उपत्यकातर्फ लागेको बताएका छन् । तालिबान र पञ्जशिरका नेता दुई फरक ध्रुवमा उभिएसँगै वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार एनआरएफले पञ्जशिरमा जारी युद्धमा ३५० तालिबानका लडाकु मारिएको दाबी गरेको छ । यद्यपि यो संख्या पुष्टि भने हुन सकेको छैन । एजेन्सीबाट सन्क्लन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x