थारु विद्यार्थी सभाको माघी शुभकामना आदानप्रदान
टार्जन राजबंशी थारु काठमाडौं १४ पुस । माघी पर्बको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा थारुहरुको नयाँ बर्षको रूपमा माघीलाई मनाउने चलन रहेको छ । नेपालमा थारुहरुको पहुँच बारे सबैलाई आ – आफ्नो स्थान बाट योगदान दिन आवश्यक रहेको औल्याउँदै थप जागरुक हुने आवश्यक छ । अब युवाहरूले नेतृत्व लिनु पर्ने बताएका थिए । युवाहरुले चासोका साथ शिक्षा प्राप्त गरिदिएको भए अझै हाम्रो समुदाय अग्रसर बन्दै उन्नति तर्फ बढने छ । कार्यक्रम प्रमुख अतिथि थारु आयोगका सदस्य बिष्णु प्रसाद थारूले शुभकामना दिदै आफ्नो समाजको बारेमा चासो राख्नु भएको थियोे । समाजको समस्या के हो ? समाजलाई कसरी आगाडि बढाउने भन्ने बारेमा सबै जनाले मिलेर सहकार्य गर्न आवश्यकता रहेको बताउनु भयो । सर्ब प्रथम शिक्षा मुलभुत आवश्यकता हो बताउनु भयो । राज्य सयन्त्र तर्फ हामी कसरी पुग्न सक्छौ त्यस तर्फ ध्यान दिने जरुरी रहेको हो । कार्यक्रम विशिष्ट अतिथिमा थारू कल्याणकारी सभाका महासचिव प्रेम चौधरी र कार्यक्रमको सभापतिमा थारु विद्यार्थी सभाका अध्यक्ष सुशीला चौधरीको रहेको थियोे । कार्यक्रम युवाहरुको थारू विद्यार्थी सभाको नयाँ कार्यसमिति समेत चयन गरिएको हो ।



