देउवाको सशक्त कदमले सनातन धर्म बिरोधि प्रचण्ड पार्टीमा भुईचालो
ललितपुरको बंगलामुखीस्थीत कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ ।
शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दीरको गजुरकोमा पूजाआजा गरेपछि गजुर राखिएको हो । पाँचतले उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएको हो । २०७२ सालको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते देउवाले नै मन्दीरको क्षमा पुजा गर्नुभएको थियो । क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दीरको पुननिर्माण पुरा भएको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले जानकारी दिनुभयो । जिर्णोद्धार सम्पन्न भएपछि शुक्रबार शुभ साइतमा गजुर राखिएको उहाले बताउनुभयो ।
करिब २ करोड ८२ लाख रुपिया लागतमा जिर्णोद्धार सम्पन्न भएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।
विहान ११ बजेको साइतमा मन्दिरमा पूजाआजा गरेपछि गजुर राख्ने कार्यक्रम रहेकाले प्रधानमन्त्रीलाई निम्तो दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले आज गजुर राख्न लागिएको हो । गजुर राख्नुअघि प्रधानमन्त्रीले मन्दिर र गजुरको पूजा गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाको धार्मिक गतिविधि सत्ता गठबन्धनका प्रचण्ड लगायत सनातन धर्म विरोधी नेताहरुको टाउको दुखाईको विषय बनेको छ ।


