नेपालको गुमेको भुभाग कहिले सम्म फिर्ता लिने तयारीमा छ्न मुख्यमन्त्री शाही
२७ गते मङ्सिर २०७८ । चिनले नेपालको उतरी भु–भागमा गरेको सिमा अतिक्रमण विरुद्ध सशक्त आवाज उठाउने कर्णाली प्रदेशका नेपाली कांग्रेसका नेता जीवन वा. शाही सो प्रदेशको मुख्य मन्त्रिमा नियुक्त भए संंगै चिनले अतिक्रमण गरेको नेपाली जमिन फिर्ता ल्याउन शसक्त रुपले अगाडी बढ्ने तयारी गरिरहेका छन् । मुख्यमन्त्रि शाहीले सिमा समस्या सामाधानको लागि संयुक्त कार्यदल बनाएर अघि बढ्ने र त्यही अनुरुप काम गर्ने स्पष्ट पारिसकेका छन् । चिनले देशको हुम्ला लगायत उतरी क्षेत्रमा गरेको सिमा अतिक्रमणको विरोध गर्दै आईरहेका शाहीले तत्काल दुवै देशको संयुक्त कार्यदल बनाएर गुमेको भु–भाग फिर्ता गरिने बताईसकेका छन् ।
देउवा सरकारद्धारा गठन गरिएको सिमा अध्धयन समितिले पनि नेपाल चिन बिच हुम्ला जिल्लामा सिमा समस्या रहेको प्रतिवेदन सरकारलाई बुझाई सकेको छ । गृह मन्त्रालयले पनि हुम्लाको जिमी लाप्चा देखी हिल्सा सम्मको सिमा विवाद समाधान गर्न परराष्ट्र मन्त्रालयलाई समेत पत्रचार गरिसकेको छ । प्रतिवेदन प्राप्त भएपछि परराष्ट्र मन्त्रि नारायण खड्का र चिनिया परराष्ट्र मन्त्रि वाङ. पि विच सिमा समस्या समाधानको विषयमा कुराकानी समेत भएको थियो । सिमा प्रतिवेदनमा सिमाको ४ न बाट ११ न. पिल्लर सम्म चिनले सिमा मिचेको र चिनले नेपाली भु–भागमा काडेतार लगाएको अध्धयन समितिले सङकेत गरेको छ । चिनिया पक्षले नेपाली भुमी भित्र नहर खन्ने , रोड बनाउने र स्थानीय जनतालाई डर त्रास देखाउने हर्कतहरु भईरहेको जनाएको थियो । चिनिया पक्षले हुम्लाको ६(१) न. पिल्लरलाई तार वारले घेरेको र पिल्लर ६ (१) र पिल्लर ५ (२) को विचको भु–भागलाई आफ्नो कब्जामा लिएको छ ।
सन् १९६० मा तत्कालिन प्रधानमन्त्रि विपी कोईरालाको चिन भ्रमणको बेला नेपाल चिन विच सिमा सम्झौतामा हस्ताक्षर गरेका थिए तर अहिले आएर उक्त सिमा सम्बन्धि प्रोटोकल चिनले उल्लङघन गरिरहेको छ ।प्रत्येक १०–१० वर्षमा नेपाल र चिन विच सिमा विषयमा उच्चस्तरीय बैठक हुदै आए पनि केही वर्ष देखि चिनको अनिच्छाको कारण सिमा बैठक हुन सकेको छैन ।सन् २००५ भन्दा पछाडी चिनकै कारण सिमा बैठक बस्न सकिरहेको छैन । सन् २००६ देखी नै उक्त समिती निस्कृय रहेको छ । नेपाली पक्षले सिमामा विवाद रहेको बताए पनि चिन सरकार भने सिमामा कुनै विवाद नरहेको भन्दै पन्छिने गरेको छ । हालै मात्र सिमा सम्बन्धि चिन विरुद्ध नेपालमा आवाज उठ्न थालेपछी चिनिया राजदुत हाउ यान्छीले नेपाल चिन विच सिमा विवाद नरहेको र सिमा सम्बन्धि विषय नउठाउन घुमाउरो पारामा चेतावनी समेत दिएकी थिइन् । चिन संगको सिमा विवाद देखिए पनि स्थानिय बासी बोल्न सक्ने अवस्थामा छैनन् , खास गरि चिनिया पि.एल.ए को डर र चिनिया वजारमा स्थानीय निर्भर रहने भएको कारण सिमा विवादमा स्थानीय बोल्न डराईरहेका छन् ।
यधपी हुम्लाका कांग्रेस नेता जीवन वा. शाहीले स्थलगत अध्धयन गरी चिनले सिमा मिचेको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेपछि मात्र यस विषयले महत्व पाएको थियो । सिमा विवादलाई मौन राख्न चिनले कुटनितिक दवाव देखी नेपालको आर्थिक गतिविधिहरुमा समेत असर पुग्ने गरी दवावहरु सिर्जना गर्दै आईरहेको छ । चिनले सिमामा गरिरहेको अवरोध लाई पनि सिमा विवाद संग जोडेर हेरिन थालेको छ । चिनिया राजदुत हाउ यान्छीको नेपालमा अनावश्यक सक्रियता, उतरी नाका केरुङ्ग , तातोपानी नाकाहरुमा भईरहेको अवरोध , चिनका शीर्ष नेताहरुले सरकारलाई दिईरहेको कुटनैतिक दवाव र आर्थिक गतिविधिमा चिनको बढ्दो प्रभावलाई नेपाल चिन सिमा विवादसंग जोडेर हेर्न थालिएको छ । चिन नेपालमा कुनैपनि हालतमा सिमा सम्बन्धि विषय नउठोस भन्ने चाहान्छ ।
यसकै स्वरुप नेपालमा चिनको गतिविधि बाक्लिदै गईरहेको छ ।


