१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जका मेयर डा.राणाले गरे राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिस्कार

एसीपी संवाददाता

१७ जेष्ठ २०७८, सोमबार ०४:२९ मा प्रकाशित

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिस्कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि आज सोमबार उपनिर्वाचन बहिस्कार गरेको मेयर डा.राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
कोरोना महामारीलाई परास्त गर्न सामुहिक रुपमा लड्नुपर्ने बेलामा ठूला दलहरुको जुधाई नागरिकका लागि नभई सत्ता स्वार्थका लागि भएकोले आफूले मतदान बहिस्कार गर्ने निणर्य गरेको डा.राणाले जानकारी दिए । उनले भनेका छन्, ‘मेरो प्राथमिकता मदतान होइन, कोरोनासँग जुध्नु हो ।’
यो सामूहिक महामारीका रूपमा देखापरेकाले सबै दलहरुले सत्ता र स्वार्थभन्दा माथि उठेर यसको नियन्त्रणमा लाग्नुपर्ने उनले बताए । रोकथाम, नियन्त्रण वा निर्मूलीकरण आदि जेसुकै भए पनि दलहरुले सामुहिक प्रयासबिना कोरोनाजस्ता जुनसुकै महामारीविरुद्ध लड्न पनि कठिनाइ हुने कुरा भुल्न नहुने उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x