१२ मंसिर २०८३, शुक्रबार

अवैधरुपमा ल्याउँदै गरिएको सामान बरामद

एसीपी संवाददाता

२४ असार २०७८, बिहीबार १५:११ मा प्रकाशित

नेपालगञ्ज । सशस्त्र प्रहरीले अवैधरुपमा ल्याउँदै गरिएको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोक हुँदै अवैधरुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याइँदै गरेको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र कस्मेटिक सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरीका असई दिपक बोहराको कमाण्डमा खटिएको सीमा नाका टोलीले विशेष सुराकीको आधारमा आज विहान ५ बजे ती अवैध सामान बरामद गर्न सफल भएको हो । बरामद गरिएका ती सामान २ लाख बढी मूल्यको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x