१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा खुकुरी प्रहार , एकको मृत्यु

एसीपी संवाददाता

३० असार २०८१, शनिबार १८:२१ मा प्रकाशित

नेपालगन्ज टाँगा स्टेसन नजिकै हिजो राति भएको झडपका क्रममा एकजना माथि खुकुरी प्रहार ।

स्थानीयको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका २ जनाले बिभिन्न बिबाद निकाल्दै झगडा गरेको र सोही क्रममा भएको झडपमा उनीहरुले खुकुरी निकालेर प्रहार गर्दा स्थानीय अन्दाजी ३८ वर्षिय ईरसाद कबडीयाको मृत्यु भएको छ ।

उनीहरुले ल्याएको से ७ प ४२५३ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

झडपमा संलग्न २ जानाको घाइते अवस्थामा नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भने १ जाना लाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयेको छ ।

लागु औषध सेवन गर्ने र बेच्ने समुहकाबीच झडप भएको र फरार दुबैजनाको खोजी तिब्र पारिएको प्रहरीले जानकारी दियेको छ ।

नेपालगंज टाँगा स्टेसन नजिकका स्थानीयहरुले हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै अजा शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक र त्रिभुवन चोकमा टायर बाल्दै सडक जाम गरेर नारावाजी गारेका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x