नेपालगन्जमा वडासदस्य र वडाध्यक्ष बिच कुटाकुट
२५ गते कात्तिक २०७८ । वडासदस्य र वडाध्यक्ष बिच झडप भएको छ । सदस्यले लात्तीले कुटे भन्दै दुबै पक्ष वडा प्रहरी पुगेका थिए ।
नेपालगन्ज उपमहानगर पालिका वडा नं. ७ का वडासदस्यले आफ्नो वडाअध्यक्षलाई लात्तीले कुटेका समाचार बाहिरिएको छ ।
विहिबार वडा ७ नं. बस्ने एक जना युवतीको नागरिकता सिफारिस लिन विषयमा बिवाद भएको हो ।
उक्त युवतीले नागरिकता सिफारिसको मांग गर्दा वडाध्यक्ष जुम्मन खाँले म तिमीलाई चिन्दैन, सिफारिस दिन सक्दैन भनेका थिए । यही वार्डमा बस्छौ यो कुरा प्रमाणित गरी ल्याए मात्र सिफारिस दिन्छु भन्दा बडा कार्यालयमा नै बसेका वडासदस्य किशोर थापाले यी युवतीउक्त महिलालाइ टोल छिमेकका हुन, म राम्रै चिन्दछु, यसको जिम्मेवारी लिन्छु भन्दा पनि वडाध्यक्ष खाँले सिफारिस दिन मानेन विवाद बढ्दै जाँदा पहिले वडाध्यक्ष खाँले वडासदस्यको गालामा हिर्काए त्यसपछि वडासदस्य थापाले वडाध्यक्ष खाँलाई खुट्टाले कुटेको हुन ।
बिवाद बारेमा कुरा वडा प्रहरी कार्यालयमा जानकारी पुगेपछि प्रहरीले दुबै पक्षलाई पक्राउ गरी लगेको हो । यो भन्दा अघि पनि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा बिवाद हुँदै आएको छ ।


