२ श्रावण २०८३, शनिबार

परराष्ट्रमन्त्री आरजुलाई भारतको ‘उच्च सम्मान’, मोदीसँग भेटवार्ता

एसीपी संवाददाता

५ भाद्र २०८१, बुधबार ०४:३८ मा प्रकाशित

भारत भ्रमणका क्रममा उनले समकक्षी जयशंकरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरेकी छन्। यसअघि नेपालका परराष्ट्रमन्त्रीलाई खासै महत्व नदिने भारतीय प्रधानमन्त्रीले राणालाई दिएको यो ‘भेट’लाई चासोका रुपमा हेरिएको छ।

‘शिष्टाचार’ भनिएको यो भेटपछि मोदीले सामाजिक सञ्जालमा राणासँगको भेटमा खुसी व्यक्त गरेका छन्। ‘भारत र नेपालबीचको बहुआयामिक र उच्चस्तरीय सम्बन्धसँगै हामी विकास साझेदारीलाई निरन्तर गतिका लागि तत्पर छौँ’, मोदीले लेखेका छन्।

 

भेटपछि परराष्ट्रमन्त्री राणाले पनि नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धमा उचाई थपिएको बताएकी छन्।

नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई अपदस्त गर्दै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर हालैमात्र नयाँ सरकार बनाएका छन्। नेपाली काँग्रेसका तर्फबाट आरजु परराष्ट्रमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणका लागि भारत गएकी हुन्।

यसअघि तेस्रोपटक प्रधानमन्त्री भएका मोदीको सपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए। उनकै कार्यकालमा परराष्ट्रमन्त्री एनपि साउद पनि कम्तिमा आधा दर्जनपटक भारत गएका थिए तर उनलाई पनि मोदीले समय दिएका थिएनन्।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई भेट्न पाउने बिरलै परराष्ट्रमन्त्रीका रुपमा आरजु पनि भएकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x