२ श्रावण २०८३, शनिबार

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

एसीपी संवाददाता

३ भाद्र २०८१, सोमबार १०:२७ मा प्रकाशित

काठमाडौँ ।नेपाल अहिलेसम्म पहिरो जाने क्रम जारी रहेको छ ।  पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका १० जनामध्ये ६ जना भागेर बाँच्न सफल भएका छन् । उनीहरु सामान्य घाइते भएको बताइएको छ । पहिरोमा पुरिएर मृत्यु भएका काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x