१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा जिन्नाको सालिक बिस्फोट गरि भत्काईयो , ब्लुचले लियो जिम्मेवारी

एसीपी संवाददाता

११ आश्विन २०७८, सोमबार १३:४७ मा प्रकाशित

११ गते असोज २०७८ सोमबार । पाकिस्तानको ग्वादरमा जिन्नाको मूर्ति उडाएर बलुच मोर्चाले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानको ग्वादरमा आइतबार बम हमलामा मुहम्मद अली जिन्नाको एउटा प्रतिमा ध्वस्त भएको छ। पाकिस्तानमा प्रतिबन्धित बलुच लिबरेशन फ्रन्टले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त स्थान पाकिस्तान र चीनको लागी धेरै नै महत्वपूर्ण छ। जिन्नाको प्रतिमा यस बर्षको सुरुमा मरीन ड्राइभमा स्थापित गरिएको थियो, जुन एक सुरक्षित क्षेत्र मानिन्छ।

डन न्युजले आधिकारिक स्रोतलाई उद्धृत गर्दै भन्यो कि यो मूर्ति मुनि विस्फोटक उपकरण राखेर उडाएको थियो।

समाचारका अनुसार विष्फोटमा मूर्ति पूर्ण रुपमा नष्ट भएको छ। प्रतिबन्धित बलूच रिपब्लिकन आर्मीका प्रवक्ता बाबगर बलोचले ट्विटरमा विस्फोटको जिम्मेवारी लिएको बीबीसी उर्दूले जनाएको छ। बीबीसी उर्दूले ग्वादरका डिप्टी कमिश्नर मेजर (सेवानिवृत्त) अब्दुल कबीर खानलाई उद्र्त गर्दै उक्त घटनाको उच्च स्तरमा अनुसन्धान भइरहेको छ। विष्फोटक लगाएर जिन्नाको प्रतिमा भत्काउनेहरु पर्यटकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका थिए । उनका अनुसार अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन, तर अनुसन्धान जारी छ एक वा दुई दिनमा पूरा हुनेछ। “हामी सबै कोणबाट यो मामलामा हेरिरहेका छौं र चाँडै अपराधीहरु लाई गिरफ्तार गरिनेछ,” उनले भने। यो समाचार एजेन्सीहरुको सहयोग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x