पाकिस्तानमा फेरि पनि हिन्दुहरुको मन्दिरमा तोडफोड ; अपराधी पक्राउ परेनन् किन ?
फाईल तस्बिर पाकिस्तान । पाकिस्तानमा रहेको मन्दिरमा फेरि आक्रमण भएको छ , मुस्लिम भीडले मूर्ति तोडफोड गरे, तर अहिले सम्म पक्राउ परेका छैनन् ।
पाकिस्तानमा हिन्दुहरुको दुर्दशा एक पटक फेरी संसारलाई उजागर गरेको छ। यहाँ पञ्जाब प्रान्तमा मुसलमानहरुको भीडले हिन्दु मन्दिरमा आक्रमण गरी त्यहाँ रहेका मूर्तिहरुमा तोडफोड गरेको हो । स्थिति यति अनियन्त्रित थियो कि पुलिस पनि मूक दर्शक बने र अन्ततः पाकिस्तानी रेंजर्सलाई स्थिति नियन्त्रण गर्न बोलाउनु पर्यो ।
प्रहरीका अनुसार मुस्लिमहरुको भीडले बुधबार मन्दिरमा आक्रमण गरेको थियो। यो मामला रहिम यार खान जिल्लाको भोंग शहरको हो, जो लाहोरबाट ५९० किलोमिटर टाढा छ। प्रहरीका अनुसार भीडले कथित रूपमा मदरसाको अपमानको बदला लिन मन्दिरमा तोडफोड गरेको भन्दै हिन्द्स्तानन्युजले समाचार प्रकाशित गरेको छ ।
हिन्दुहरु भोग शहरमा शान्तिसंग दशकौ देखि बस्दै आएका छन्। गत हप्ता एक-वर्षीय हिन्दु बालकले कथित रुपमा एक मदरसाको पुस्तकालयमा पेशाब गरेपछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
बुधवार, सत्तारुढ पाकिस्तानी तेहरिक-ए-इन्साफ पार्टीका सांसद डा रमेश कुमार वंकवानीले आफ्नो ट्विटर खाताबाट आक्रमणको भिडियो ट्वीट गरी पुलिसलाई तुरुन्तै घटनास्थलमा पुग्न आग्रह गरे। ट्वीटको एक श्रृंखलामा, उनले भने कि भोंग शहरमा हिन्दु मन्दिरमा हमला भएको थियो। हिजोदेखि यहाँको स्थिति निकै तनावपूर्ण छ। स्थानीय प्रहरीको लापरवाही लाजमर्दो छ।
जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने कि प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ र भीडलाई तितरबितर पारेको छ। मन्दिर वरपर रेंजर्स बोलाइएको थियो र तैनाथ गरिएको थियो। यस क्षेत्रमा करिब १०० हिन्दू परिवारहरु बस्छन् र कुनै अप्रिय घटना हुन नदिन पुलिस बलहरु पनि तैनाथ गरीएको छ। तर, यस घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।


