१८ आश्विन २०८३, आईतवार

पूर्व कप्तान पारस खड्का व्यवस्थापकको भुमिकामा आउने धारणा

एसीपी संवाददाता

२० श्रावण २०७८, बुधबार ११:१८ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भुमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटमा नटाढिने बताउँदै भुमिकामात्र बदलिने बताउनुभयो । मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गर्नुभएको थियो । पूर्व कप्तान पारसले दुई वर्षअघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गर्नुभयो । त्यस्तै पारसले  कप्तान र खेलाडीको रुपमा आफुले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको जिकिर गर्नुभयो । पारसले आफुले क्रिकेटरको रुपमा हासिल गरेका ठुलो सफलता दर्शकको माया र इजजत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुय्राउनु आफु कर्तव्य भएकोे बताउनुभयो । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उहाले बताउनुभयो ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहनुभएको थियो ।  नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x