२ श्रावण २०८३, शनिबार

प्रचण्ड कार्यनीति नै सत्ता गुमेपछि सडक संघर्ष, रेखा थापासम्मलाई नचाएका बिगत

एसीपी संवाददाता

१० भाद्र २०८१, सोमबार ०८:४९ मा प्रकाशित

स्थायी समिति बैठकमा नोकझोंक र आरोप प्रत्यारोप समेत खेपेका प्रचण्डले अहिले विभिन्न फोरममा भन्ने गरेका छन्– कांग्रेस र एमाले गठबन्धनको सरकार भ्रष्टाचारी जोगाउन बनेको हो अब सदन र सडक संघर्ष गर्नुपर्छ।

कार्यकर्ता र पार्टीका नेतालाई भुलभुलैयामा पार्ने प्रचण्डका यस्ता तर्क खासै नयाँ होइनन्। जब उनको सत्ता गुम्छ अनि कार्यनीतिका रुपमा नै सडक संघर्ष भन्ने र अकारण आन्दोलनको परिपाटी चलाउँदै आएका छन्।

नचाहँदा नचाहँदै सत्ता गुमाउनु परेको पीडा उनले अनेक आवेगमा पोख्ने गरेका विगत पनि छन्। यहाँसम्मकी तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणपछि सत्ता गुमेपछि प्रचण्डले तत्कालिन एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई घेराबन्दी गर्नका लागि सडक संघर्ष चलाएका थिए।

सिंहदरबार घेराउसम्मको आन्दोलन चलाएका प्रचण्डले त्यसबेला अभिनेत्री रेखा थापासम्मलाई आन्दोलनमा नचाए र आफू पनि नाचेका विवरण अहिले पनि अभिलेखमा छन्।

त्यसबेला माओवादी विभाजन भइसकेको थिएन। रेखा थापा काठमाडौंदेखि बिराटनगरसम्म माओवादीको आन्दोलनमा नाच्न पुगेकी थिइन्। rekha-prachanda-1724562040.jpg
‘अहिले सत्ता गुमेको ताजा स्थिति छ। प्रधानमन्त्री जस्तो पद गुम्दा हुने रनाहामा प्रचण्डले यस्ता अभिव्यक्ति दिनु या आन्दोलन घोषणा गर्नु नयाँ होइन’, नेकपा एकीकृत समाजवादीमा रहेका एक नेता भन्छन्,‘तर दुई ठूला दल मिलेर सरकार बन्नु उचित होइन भन्ने त हाम्रो पनि मान्यता छ।’

प्रचण्डले पहिलो पटक सत्ता गुम्दा आन्दोलन ६ दिनसम्म निरन्तर चलाएका थिए। तर, त्यो आन्दोलन असफल भएको थियो। पछि आफैं फिर्ता लिन बाध्य भए।

‘माधव नेपालको सरकार गिरिजाप्रसाद कोइरालाको चाहनाअनुसार बनेको थियो, प्रचण्डले कोइरालाको चाहनामा धावा बोल्ने हिम्मत लामो समयसम्म गर्न सकेनन्’, त्यसबेलाको आन्दोलनका एक जानकार भन्छन्,‘सत्ताबाहिर रहनुको छटपटि र हुटहुटीले तत्काल प्रभावित बनाएको हिसाबमा लिनुपर्छ। क्यानाडानेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x