प्रचण्डको नियत पार्टी कब्जा गर्ने थियो – ओलि
१५ गते असोज २०७८ शुक्रबार । नेकपा (एमालेका अध्यक्ष खडक प्रसाद शर्मा ओलीले प्रचण्डले नेकपा कब्जा गर्ने नियतले पार्टी एकीकरण गरेको बताउनु भएको छ । नेकपा पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टी विभाजन तर्फ अघि बढेको बताउदै अब प्रचण्ड कम्युनिस्टका आगाडि नम्ङो हुने आरोप लगाउनुभएको छ ।
पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै अध्यक्ष ओलीले ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने’ प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताउनुभयो । अहिले नेकपाका अध्यक्ष ओलि प्रचण्ड विरुद्ध खुलेर बोलिरहेका छन भन्ने कुरा प्रतिवेदनले स्पस्ट पारेको छ ।
अध्यक्ष ओलीले माधवकुमार नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो । आफू अध्यक्ष बन्ने लोभका कारण पार्टी बिभाजन गरेको बताउनु भयो । ओलिले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी कम्युनिस्ट एकतालाई ठुली झटका लागेको । यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ । नेपालमा कम्युनिस्ट एकीकरणलाई धक्का लागेकोले अब प्रचण्ड र नेपाल सङ कुनै पनि सहकार्य नगर्ने बताउनु भयो ।


