प्रचण्ड’नेतृत्वको सरकार उपप्रधानमन्त्रीहरुको क्लब
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार उपप्रधानमन्त्रीहरुको क्लब बनेको छ । कुनै बेला टेलिभिजन कार्यक्रम चलाउँदा ‘उप्रधानमन्त्रीहरुको क्लब’भनेर टिप्पणी गर्ने र रास्वपा सभापति रवी लामिछाने आफै क्लबमा मिसिएका छन्।
एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन बन्दा भागवण्डा निकै पेचिलो बन्यो, जसकारण तीन जना उपप्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा बुधबार तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
एमालेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने माओवादीका नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र बनेका छन् । त्यस्तै रवी उपप्रधान एवं गृहमन्त्री बनेका छन्।
यो गठबन्धनमा जसपालाई पनि ल्याउने कसरत गरिएको छ । गत सोमबार गठबन्धन बन्दा अध्यक्ष उपेन्द्र यादवले पनि हस्ताक्षर गरेका थिए । तर, जसपाभित्र यसको विरोध भइरहेको छ ।
यद्यपि, यादव आफै सरकारमा गए । उनी पनि उपप्रधानमन्त्री बनेर जानेछन् । यसरी प्रचण्ड सरकार चार उपप्रधानमन्त्रीको क्बल बन्ने देखिएको छ ।


