५ श्रावण २०८३, मंगलवार
प्रचण्डले गरे देउवालाई फोन , देउवाले भने च्यापटर क्लोज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर पुनः मिल्ने र सहमतिमा सरकार बनाउने प्रस्ताव गरेका छ्न । कान्तिपुर टिभीका अनुसार हिजो मध्यरातमा नयाँ सत्ता समीकरण बनाउने एमाले र कांग्रेसको सहमति पछि दाहालले सभापति देउवालाई आज फोन गर्नु भएको हो ।
प्रधानमन्त्री दाहालले रास्वपासहितको गठबन्धन बनाउन देउवालाई फोनबाट आग्रह गरे पनि देउवाले इन्कार गर्नु भएको छ । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै कांग्रेस सभापति देउवालाई दाहालले गरेको फोनमा देउवाले अब ‘त्यो च्याप्टर क्लोज भइसक्यो’ भन्दै जवाफ दिनुभएको एकजना कांग्रेस पदाधिकारीले बताउनु भयो ।
Subscribe
Login
0 Comments


