प्रधानमन्त्री ओलिलाई बदनाम गर्ने चिनियाँ राजदुतको चाल फेक न्युजको खुलासा
काठमाडौं । प्रधानमन्त्री केपी ओली र रअ प्रमुख सामन्त गोयलबिच ४ बुँदे सहमति भएको भनेर राष्ट्रिय अखण्डाताजस्तो संवेदनशील विषयमा फेक समाचार लेख्ने अनलाइनहरुले माफी मागेको छ । यससँगै उक्त सम्झौतापत्र फेक भएको र प्रधानमन्त्रीलाई बद्नाम गर्ने मिसन अनुसार समाचार आएको पुष्टि भएको छ ।
यो समाचार लेख्ने उज्यालो नेटवर्क र समाचार पत्र दैनिकले माफी मागेको कुरा आज प्रकाशित गरेको छ । भूलसुधार भन्दै समाचार हटाइसकेका छन्। साभार गर्ने अरुले पनि हटाएका छन् ।
हुँदै नभएको समाचार आएपछि प्रेस काउन्सिलले पनि कारवाही अगाडि बढायो । प्रेस काउन्सिलले समाचार प्रकाशन गर्ने अनलाइनहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्यो । यो समाचार प्रकाशन गर्ने अनलाइनहरुको कार्यालयमा प्रहरीले छापा पनि मारयो ।
माथि उल्लेखित दुबै अनलाइन माओवादी केन्द्र निकट पत्रकारहरुको हो । उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चन माओवादी नेता पूर्वकानुन मन्त्री अजयशंकर नायकका प्रेस सल्लाहकार थिए भने प्रेस सेन्टरमा आबद्ध छन् ।
त्यसैगरी समाचार दैनिकका सम्पादक बासुदेव शर्मा बबिन माओवादी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार थिए । उनी पनि प्रेस सेन्टरसँग आबद्ध छन् ।
यो समाचार हेर्दा प्रधानमन्त्रीलाई बदनाम गर्न नियोजित रुपमा गरेको सफेद प्रपोगाण्डा थियो । जसमा माओवादी निकट मानिने पत्रकारहरु प्रयोग भए ।
माओवादी स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समय साइबर सेनालाई आक्रामक रुपमा अघि बढ्न निर्देशन दिएका छन् । उक्त निर्देशनअनुसार वर्षमान पुनको व्यवस्थापनामा यो सामग्री तयार भएको बुझिएको छ । यसअघि एमालेले पनि साइबर सेना बनाएको थियो । जुन अहिले सेलाएको छ ।
त्यसो त प्रधानमन्त्री केपी ओलीलाई हटाउन चिनियाँ राजदूतको यो बिचमा सक्रियता रह्यो । अहिलेको कन्टेट चिनियाँ चाहनामै तयार भएको पनि बताइन्छ । राजदूत होउ यान्छीले संसद विघटनपछि बालुवाटारमै गएर प्रधानमन्त्रीलाई पद छोड्न भनेकी थिइन् । जसका कारण उनका लागि बालुवाटार प्रवेशमा रोक लगाइएको थियो । प्रचण्ड र चिनियाँ राजदूतको भेट हुँदा पनि कसरी ओलीलाई हटाउने भन्नेबारे छलफल हुँदै आएको थियो । नेपालपाना


