प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति देउवाको दमदार भासणले राजनीतिमा तरङ
२५ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनको समापन समारोहमा सभापति एवं प्रधानमन्त्री शेरबहादुरले कडा भाषण गरे । भृकुटीमण्डमा सुरु भएको महाधिवेसनको उद्घाटन समारोह गर्नेबेला साँझ परिसकेको थियो ।
समयलाई ध्यानमा राख्दै प्रधानमन्त्री एवं सभापति देउवाले छोटो भाषण गरे तर उनको यो भाषण निकै सानदार थियो । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि जनताले डर त्रासबाट मुक्ति पाएको भन्दै भाषण सुरु गर्दा काठमाडौँको चिसोमा समेत मञ्चमा व्यापक हुटिङ भयो ।
देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, हेर्नुस् त्यसअघि कस्तो थ्यो डर त्रासरु, मेरो सरकार बनेपछि कस्तो भयो ? जुन मुक्ति ओली सरकारबाट पाएका छौं, त्यसलाई बचाउने कि नबचाउनेरु, यो महाधिवेशनले अब त्यसको निणर्य गर्छ, आउदो सरकार तल देखि माथिसम्म कांग्रेसको नेतृत्वमा बन्छ, त्यो मेरो जिम्मा भयो ।’
देउवाले भाषण गर्दा उनको समर्थकमा मञ्च नै तातेपछि उनी आफैले शान्त हुन समेत आग्रह गरे । अन्त्यमा देउवाले यो महाधिवेसनले डरत्रास मूक्त समाज, तानाशाही सरकार नआओस भन्नका लागि निणर्य गर्नु पर्ने भन्दै कांग्रेस सरकार रहिरहयो भने स्थानीय र केन्द्रीय सरकार कांग्रेसको हुने भाषण गरे
उनले भने, ‘कांग्रेसको सरकार बनाउँछु, बनाउँछु बनाउँछु, बनाइन्छ, बनाइन्छ, बनाइन्छ तपाईहरुले मलाई साथ दिनोस्, धन्यवाद ।’
खासगरी देउवाको यो भाषणले टिक्न नसकेको कम्युनिस्ट सरकारलाई प्रहार मात्रै गरेन, प्रारम्भि आंकलनले देखाएको उनको जितलाई थप सुनिश्चत गरेको देखिन्छ ।


