१२ मंसिर २०८३, शुक्रबार
प्रधानमन्त्री देउवाले गरे छठ पर्वको अवसरमा पूजा अर्चना
२५ गते कात्तिक २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा पूजा अर्चना गरेका छन् ।
थापाथलीस्थित बागमती नदी किनारमा प्रधानमन्त्री देउवा छठ पूजाअर्चनामा सहभागी भएका हुन् ।

त्यसक्रममा देउवाले कुपण्डोलस्थित बाग्मती किनारमा सर्वसाधारणसँगै छठी माईको दर्शनसमेत गरे ।
त्यसपछि संक्षिप्त मन्तव्य दिँदै छठ पर्वका अवसर सबै नेपालीमा सुख शान्तिको कामना गर्दै शुभकामना दिए ।

छठ पर्व राष्ट्रिय पर्व भइसकेको भन्दै प्रधानमन्त्री देउवाले छठी माईको आशिर्वाद नेपालीहरुमा रहिरहने विश्वास व्यक्त गरे ।
Subscribe
Login
0 Comments


