फिलिस्तिन भन्ने भूखण्ड पहिले यहुदीहरू कै हो- गिरि ” कोपिला “
इजरायल भन्ने देश आकारमा हाम्रो लुम्बिनी प्रदेश र भारतको मणिपुर राज्य जत्रै रहेछ। जनसंख्या भने इजरायलमा ९७ लाख छ भने लुम्बिनी प्रदेशमा ५१ लाख र मणिपुर राज्यमा २८ लाख रहेछ।
इरानका ३१ वटा प्रान्तहरू मध्ये १९ वटा प्रान्त त इजरायलभन्दा ठूला रहेछन्।
रुस, भारत, आस्ट्रेलिया र क्यानाडाका थुप्रै जिल्लाहरू आकारमा इजरायलभन्दा ठूला छन्।
फिलिस्तिन भन्ने भूखण्ड पहिले यहुदीहरू कै हो। तर यहुदीहरूलाई पहिले ईसाईहरूले लखेटे र पछि इस्लामहरूले लखेटे। अरबबाट आएका इस्लामिकहरूले यहुदीको पितृभूमी-मातृभूमि मात्रै खोसेनन् फिलिस्तिनी भन्ने शब्द नै खोसे। पहिले फिलिस्तिन भन्दाखेरी यहुदी भन्ने चिनिन्थ्यो अचेल अरबबाट आएर यहुदीको भूमिमा बसेका मुस्लिम भनेर चिनिन्छन्।
आफ्नै मातृभूमिबाट लखेटिएका यहुदीहरूले दुई हजार वर्षदेखि सारै दु:ख पाए। उनीहरू सारै परिश्रमी र कर्मशील भएकोले जहाँ पनि सफल र सम्पन्न भैहाल्थे। त्यही सफलता र सम्पन्नता अरुको आँखामा बिझाउँथ्यो। जसले पनि उनीहरूलाई आप्रवासी भनेर प्रताडित गरेर लखेट्न खोजिहाल्थ्यो।
यहुदीको दु:ख देखेपछि संयुक्त राष्ट्र संघले सन् १९४८ मा उनीहरूको आदिभूमि (मृतसागरको पश्चिमी पाटो) मा छुट्टै देश बनाइदिने निर्णय गर्यो। संसारभरिका यहुदीहरू फर्केर आफ्नो पितृभूमीमा फर्केर आए। त्यहाँ बसिरहेका मुस्लिमहरू र फर्केर आएका यहुदीहरूको झगडा चर्किदै गयो। मुस्लिमहरू इजरायलको अस्तित्व नस्विकार्ने, इजरायलीहरू आफ्नो आदिभूमि लिएरै छाड्ने। इजरायल र छिमेकी मुस्लिम देशहरूको झगडाको बीउ यही कथा हो।
यहुदीहरूले दुई शताब्दीको पीडापछि आफ्नो पितृभूमि फिर्ता पाएका हुन् र त्यसलाई जोगाउन प्राण हत्केलामा राखेर लडिरहेका छन्। अमेरिका सहितका पश्चिमी देशहरूले इजरायललाई सहयोग गरेका छन्। विदेशीले सहयोग गरेर मात्रै कोही यति बलियो हुँदैन। दु:ख र पीडाको जगमा उभिएका इजरायलीहरूको आँट, समर्पण र देश प्रेम नै उनीहरूको शक्तिको श्रोत हो।



