काठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री मेजर ध्यानचन्द खेल रत्न पुरस्कारले सम्मानित भएका छन्। शनिबार एक विशेष कार्यक्रमकाबिच भारतका राष्ट्रपति रामनाथ कोविन्दले क्षेत्रीलाई सम्मानित गरेका हुन्।
मेजर ध्यानचन्द खेल रत्न पुरस्कार भारतमा खेलको क्षेत्रमा दिइने सर्वोच्च पुरस्कार हो। क्षेत्री भारतका ती पहिलो फुटबलर हुन्, जसले यो पुरस्कार प्राप्त गरे। ३७ वर्षीय क्षेत्रीसँगै टोक्यो ओलम्पिकमा स्वर्ण पदक विजेता नीरज चोपडालगायत अन्य १२ जना खेलाडीलाई खेल रत्न पुरस्कार प्रदान गरिएको छ।
मेजर ध्यानचन्द खेल रत्न पुरस्कार लगातार चार वर्ष उत्कृष्ट प्रदर्शन खेलाडलाई दिइने गरिन्छ। जसमा एक पदक, प्रमाण पत्र र भारु २५ लाख रुपियाँ हुन्छ।
भारतीय फुटबलका सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री यसअघि पद्मश्री र अर्जुन पुरस्कारद्वारा सम्मानित भइसकेका छन्। भारतका लागि १२५ अन्तर्राष्ट्रिय म्याच खेलिसकेका सक्रिय फुटबलरमा दोस्रो सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीले ८० गोल गरेका छन्।