२ श्रावण २०८३, शनिबार
फोकल शिक्षकहरूको लागि मासिक धर्म स्वच्छता व्यवस्थापन (MHM), परामर्श, र पुन: प्रयोगयोग्य सेनेटरी प्याडहरू बनाउने अभिमुखीकरण
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रिभेन्टिङ चाइल्ड, अर्ली, र फोर्स्ड म्यारिज (PCEFM) परियोजना अन्तर्गत बाँके युनेस्को क्लब श्री नेपाल मा किशोरी केटीहरू र फोकल शिक्षकहरूको लागि मासिक धर्म स्वच्छता व्यवस्थापन (MHM), परामर्श, र पुन: प्रयोगयोग्य सेनेटरी प्याडहरू बनाउने अभिमुखीकरण सञ्चालन गरिएको थियोे । राष्ट्रिय मावि लक्ष्मणपुर, बाँसगढी, बर्दिया। कार्यक्रमको मुख्य उद्देश्य किशोर किशोरीहरूलाई MHM बारे चेतना जगाउनु र ज्ञान प्रदान गर्नु थियो र तिनीहरूलाई पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याडहरू बनाउने सीपहरू प्रदान गर्नु थियो। कार्यक्रमको संचालन बाँसगढी नगरपालिका स्वास्थ्य इकाईकी जानकी गिरीले गर्नुभएको थियो । कार्यक्रममा बियुसीका सामाजिक परिचालन अधिकृत श्रीमती पर्जुन श्रेष्ठको पनि सहभागिता थियो ।

Subscribe
Login
0 Comments



