१२ आश्विन २०८३, सोमबार

बाँकेका १५ जनासहित २२ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

१ आश्विन २०७८, शुक्रबार ०२:१८ मा प्रकाशित

१ गते असोज २०७८ शुक्रबार । नेपालगन्ज – बाँकेका थप १५ जनामा कोरोना पुष्टि भएको छ । ३ जना डिष्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १२९ नमुना परिक्षणमा बाँकेका १५ जनासहित २२ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।

आज भेरी अस्पताल परिक्षणमा २० जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार १ सय २३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ७ सय २७ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३० जनाको मृत्यु भएको छ ।

जिल्लामा ९० जना सक्रिय संक्रमित रहँदा २३ जना अस्पताल र आइसोलेसनमा छन् भने ८४ जना होम आइसोलेसनमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x