२ श्रावण २०८३, शनिबार

बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार १७:४० मा प्रकाशित

बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट जाँदै गरेको स्कुल बसले ढकेरीमा ठक्कर दिँदा एक युवकसँगै करिब डेढ दर्जन बाख्रा मरेका छन् ।

बिहीबार अपरान्ह ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ठक्कर दिँदा १८ वटा बाख्रा र २५ वर्षीय एक युवकको मृत्यु भएको छ ।

स्कुल बस कोहलपुर नगरपालिका वडा नं–१२ स्थित ज्ञान कुञ्ज माध्यमिक बिद्यालयको रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घट्नाबारे थप विवरण आउन बाँकी रहेको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x