२ श्रावण २०८३, शनिबार

बाङ्लादेशमा हिन्दु माथी हिंसा , लूटपाट,मठ-मन्दिरको तोडफोड प्रती हाम्रो गम्भीर ध्यानाकर्षण- राणा

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार १६:२३ मा प्रकाशित

काठमाडौं –  हाल मित्र रास्ट्र बङलादेशमा अचानक भएको तख्तापलट (सत्ता परिवर्तन) मा मानवता विरोधी केही अतातायी तत्वहरुद्वारा सनातनी हिन्दु धर्मावलम्बीहरु माथि बर्बरतापुर्ण तवरले छानीछानी भईरहेको जीउ-धन माथि सांघातिक हमला, लूटपाट,मठ-मन्दिरको तोडफोड प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।उक्त बर्बरतापुर्ण क्रियाकलापलाई यथासिघ्र रोक्न त्यहाँ का शक्ति परिचायक शासन एवं आवाम आदी लाई यस्ता आवांच्छित गतिविधिलाई तत्काल रोक्न र अल्पसंख्यक सनातनी ओमकार परिवारलाई सुरक्षा प्रदान गर्नका लागी मित्र रास्ट्र बङलादेश शासन संग र नेपाल सरकार स्वयंले कुटनितिक निकाय मार्फत पहल गर्न हुन जोरदार माग गर्दछु।
ज्ञात होस, कुनै पनि रास्ट्रमा रहेका अल्पसंख्यक समुदायहरु ती रास्ट्रका गहना हुन, उनीहरुको संस्कृती, संस्कार साथै जीव-धनको सुरक्षा सम्बन्धित रास्ट्रले गर्नु पर्ने जिम्मेवारी र कर्तव्य पनि हो।
सनातन हिन्दु धर्मले संघातिक हमला, हिंसा, भेदभाव तथा बर्बरतापुर्ण तवरले आक्रमण जस्ता क्रियाकलापलाई प्रश्रय दिएको देखिदैन। सनातन हिन्दु धर्मले सम्पुर्ण विश्वलाई एक परिवारको मान्यता दिएको छ, अर्थात “बसुधैव कुटुम्बकम” को अर्थमा सबैमा विश्वास राख्ने शान्तिप्रिय् धर्म हो।

डा० धवल शम्सेर ज.ब.रा.
संघीय सांसद क्षेत्र-२, बाँके
एवम्
केन्द्रिय महामन्त्री राप्रपा।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x