१३ जेष्ठ २०८३, बुधबार

बेलहिया होल्डिङ्ग सेन्टरलाई ४० कार्टुन मिनिरल पानी बितरण

एसीपी संवाददाता

२२ जेष्ठ २०७८, शनिबार १३:०६ मा प्रकाशित

इन्द्रकमल त्रिपाठी
जेठ २२
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र र नमुना एकीकृत बिकास परिषद भैरहवा तथा युनडिपीले आज २२ गते शनिबार बेलहिया होल्डिङ्ग सेन्टरमा ४० कार्टुन पानी बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि बिहान साझ छाक टार्न समस्या भएको गरिब ,मजदुर परिवारका लागि संस्थाले खाद्यान्न सहयोग अभियान नै संचालन गरि आएको छ । सो अभियानलाई निरंतरता दिन नमुना एकीकृत बिकास परिषद र युनडिपीले ४० कार्टुन पानीको बोतल सहयोग गरेको र सोही अन्तर्गत ४० कार्टुन पानी बितरण गरिएको हो । यो अभियानबाट प्रभावित भइ संस्था नमुना एकीकृत बिकास परिषद रुपन्देही र युनडिपी तथा कपिलवस्तु लगायतका लगभग ३५/३६ जना युवा समाजसेवीहरुले सहयोग पठाइसकेको र अझ कतिपय युवाहरु आफै अगाडि आएर जिम्मेवारी बहन पनि गरिरहेको भनी अभियानका संचालक ज्ञानेश्वर उपाध्यायले जानकारी दिनु भयो ।
बेलहिया नाका भइ भारतबाट नेपाल आउने यात्रुहरुको लागि संचालनमा ल्याइएको होल्डिङ्ग सेन्टरमा नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका कर्मचारी अहोरात्र खटिएको अबस्था साथै यो अभियानद्वारा आइसोलेशन सेन्टरहरुमा पनि पानी बितरण गरिने योजना रहेको भनी अभियानकर्मी सोनु बनियाले जानकारी दिनु भयो । अभियान र आवश्यकतालाई मध्येनजर गरि नमुनाको सहयोग द्वारा पानीको कार्टुन बितरण गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष उपाध्यायको अध्यक्षतामा र नेपाल रेडक्रस सोसाइटी भैरहवाका बिनोद थापा,सिद्धार्थ सामाजिक बिकास केन्द्रको कर्मचारी पम्फा पौडेल , इलाका प्रहरी कार्यालय बेलहिया का मनोज खनाल, अभियानका सहकर्मी बिनय यादब लगायतको अन्य समाजसेवीको उपस्थितिमा बितरण कार्यक्रम सम्पन्न गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x