१२ मंसिर २०८३, शुक्रबार

ब्रीक्स सम्मेलनको अध्यक्षता भारतिय प्रधानमन्त्री मोदीलाई

एसीपी संवाददाता

२३ भाद्र २०७८, बुधबार ०१:४४ मा प्रकाशित

भदौ २३ गते बुधबार । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३ औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागिता जनाउने छन् ।

ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नु हुने नेता कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्ने बताइएको छ । एजेन्सीहरु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x