१२ आश्विन २०८३, सोमबार

भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने तयारीमा – मोदी

एसीपी संवाददाता

१४ कार्तिक २०७८, आईतवार ०५:३७ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ ।

विश्वमा अझै पनि कोभिड खोपको अभावमा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । अफ्रिकाका आधाभन्दा बढी मानिसमा खोपको पहुँच छैन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले भारतलाई आर्थिकरूपमा पुर्नजीवित पार्न र आपूर्ति सहज गर्न भारतलाई साझेदार बनाउन जी २० का अन्य नेतासँग अपिल गरेका थिए । महामारीका बाबजूद विश्वसनीय आपूर्ति सञ्जालमा भारत विश्वासनीय साझेदार देश प्रमाणित भएको उनले बताए । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x