१२ मंसिर २०८३, शुक्रबार

भारतिय विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क बैठकमा

एसीपी संवाददाता

१२ जेष्ठ २०७८, बुधबार ००:१४ मा प्रकाशित

एजेन्सी । भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क पुगेका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेट्ने कार्यक्रम छ । उनीहरुबीच मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न जयंशकर वासिङ्टन जाने कार्यक्रम रहेको छ ।

उनको अमेरिका भ्रमण यही मे २८ मा सकिने छ । भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x