५ बैशाख २०८३, शनिबार

मधेस आन्दोलनका रियल हिरो युवाहरु किन अलपत्र ?

एसीपी संवाददाता

२२ कार्तिक २०७९, मंगलवार १५:०६ मा प्रकाशित

  नेपालगन्ज बाके – मधेसी अधिकारको लागि  नेपालको पहिलो मधेस आन्दोलन भन्दा पहिले नै आफ्नो संगठन निर्माण शुरु गरेका युवाहरु अलपत्र र ओझेलमा छ्न  ।      मधेसी जनअधिकार फोरम नेपाल नामक संगठनका नेतृत्वकर्ता उपेन्द्र अध्यक्ष महासचिव,जय प्रकाश गुप्त सहित सचिव सदस्य युवा नेतृत्वको केन्द्रिय समितीका पदाधिकारी आई युवाहरुलाई मधेश आन्दोलन गर्न भडकाई पहाडी समुदाय विरुद्ध उक्साएर आफ्नो राजनीतिक फायदा लिएका छ्न ।  पुर्बका नेता उपेन्द्र र बाकेका नेताहरु मधेसका युवाहरुलाई बिर्सेर सत्ता स्वार्थमा लिप्त भएका हुन ।  बाकेमा एनजियोको रूपमा मधेसको आवाज उठाउन भनी हिरालाल लोनियाको अध्यक्षतामा पहिलो युवा समिती चयन भएको थियो । तत्कालीन जिबिसको सभाको हालमा भने बिष्णु लाल कुमालको सयोजक सभा सम्पन्न भएको थियो । पुर्ब मन्त्री एमालेका नेता दिनेश चन्द्र यादव पहिलो सयोजक बनाएका थिए तर उनी पद लिन बाट डराए उति बेला देश भरी माओवादीहरूको निकै डर त्रास रहेको थियो । पटक पटक भिडन्त समेत हुने गरेको थियो । फोरम नेपालका नेताहरु अन्तरिम संविधान जलाएको आरोपमा जेलमा परेपछि आन्दोलनलाई फोरमको झन उग्र बनाएको थियो ।

मधेसीलाई धोका दिएका उपेन्द्र यादव र उनको पार्टी बढी जसो सत्ता बसे पनि मधेसी युवाहरु सम्मान गरेनन् । बाकेका युवाहरूलाई झन अलपत्रमा पारे उपेन्द्र यादवले ।

अधिकार प्राप्तिको लागि मधेस आन्दोलनको विगुल फुकेर अग्र स्थानमा रहेका बाके युवाहरुको नेतृत्व गर्ने हिरा लाल लोनिया ,सचिव कुन्चन हलवाई , नगर अध्यक्ष सन्तोष लखेर जस्ता युवा अहिले ओझेलमा परेका हुन , उनीहरु अलग अलग पार्टीको सदस्य भएका हुन । अर्का उदायिमान युवा नेता दुर्गेश गुप्तालाई पार्टीले नै ओझेल पारेको छ । २०७४ को निर्वाचनमा जम्मा अन्दाजी २५० मतको झिनो अनतरले पहिलो पराजित गुप्तालाई जसपाले र मोहम्मद ईस्तियाक राईले ओझेल पारेको हो । जसपामा नयाँ अनुहारले युवा नेता दुर्गेशको योगदान थाहा नपाए पनि वर्तमान सासद र पुर्ब मन्त्रीले दुर्ग्रेसको योगदान राम्रोसङ थाहा हुँदा पनि जानी जानी राईले व उनको टिमले ओझेलमा पारेका हुन ।

मन्त्रीको  साथमा  मधेस आन्दोलनको बेला आन्दोलनको विरोधमा गर्नेहरु नै अहिले सरकारमा रहने गरेको बताए । त्यति बेला मधेस आन्दोलनलाई गाली गर्ने हरु गणतन्त्रवादी र संघीयताका पक्षधर बनेका छन्’, राजनीतिमा  । युवाहरूलाई राई यस्तो राजनीति देखेर घृणा जागेर आएको छ ।

आन्दोलन भएपछि नेतृत्व परिवर्तन हुनुपर्नेमा त्यस्तो केहि नभएको युवाहरुको आरोप छ । मधेस आन्दोलनका युवाहरु नै पाखा लागेका छ्न । अधिकार प्राप्ति तर्फ नभई मधेशीदलहरु विलासिता तर्फ लागेको युवाहरुको आरोप छ ।

पहिलो मधेस आन्दोलनको समय आफ्नो सारा समय दिने गरेको नेपालगन्ज उपमहानगरपालिका बस्ने तत्कालीन नगर अध्यक्ष सन्तोष लखेर अहिले मधेसको राजनीतिबाट टाढा भएका र उनिपनि अरु पार्टीको झणडा बोकेका छ्न  । उनी सङै मधेस अधिकारको बिसयमा हिरा लोनियाको अध्यक्षतामा बिरेन्द्र यादव ,  जहिरुल हक जिनु उपाध्यक्ष , दिपक लोध , राजेन्द्र बिक , मुस्ताक अलि राई , राकेश मिश्र , खजुराका आमिल सल्मानी , सुर्यलाल यादव , कृपाराम वाडिया सहित सैकडो युवाहरुलाई हालको जनता समाजवादी पार्टी र मन्त्रीहरुले सत्ता मोह बिर्सेका हुन । उनको चापलुसी गर्नेहरुको जमात छ उनी आफ्नै जातीयता मात्र निर्भर हुने गरेको हुन साथै उनी पहाडी समुदायलाई मत लिन पैसाको चलखेलमा बिशवास गर्ने गरेका छ्न । 

मधेस आन्दोलनका कारण ब्यापार ब्यवसाय धरासायी भएका हलवाई लाई अहिलेसम्म कुनै छतिपुर्ती दिन दिलाउन पार्टीले कुनै भुमिका निर्वाह नगरेको गुनासो छ ।

पहिलो मधेस आन्दोलन सफल भइ तत्कालिन सरकारसँग सम्झौता भएपछि फोरमले राजनीतिक पार्टीको रुपमा सक्रियता बढाउने निर्णय गरेको थियो । आफूले अधिकार आन्दोलनको लडाई फोरम पार्टी र उपेन्द्र यादवलाई सुम्पेकाे हो तर धोका भयो बताउँछन् । उनी भन्छन् ‘फोरम र उपेन्द्र यादवले हामी सबै भुलेर सत्ताको स्वार्थमा लिप्त छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x