१ श्रावण २०८३, शुक्रबार

महिला उद्यमी वीनालाई रक्षकको सहयोग

एसीपी संवाददाता

४ आश्विन २०७७, आईतवार १३:२१ मा प्रकाशित


नेपालगंज , नेपालगंजकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सेक्युरिटिजका अधिकृत गणेश बहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाह मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ’ । अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो ’ ।


काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगंज कार्यालयले प्रदेश न.ं ५,६ र ७ हेर्दछ ।
विना शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी संचालक हुन् । सानो पसल वाट शुरु गरेर सफल उद्यमी वनेकी शर्मा केही समयदेखि पेट सम्वन्धी समस्या वाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालियको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x