माओवादीलाई फेरि क्रान्तिको भुत जनयुद्धको अभ्यास गर्दै , सुरु भयो शंकास्पद गतिविधि
सत्तामा बसेर जनयुद्धको अभ्यास गर्दै माओवादी, दोरम्बामा सुरु भयो शंकास्पद गतिविधि
काठमाडौं । नेकपा माओवादी केन्द्र अहिले सत्तामा छ । विगतमा देशभर जनयुद्धको रापताप हुँदा पनि माओवादीले सत्ता कब्जा गर्न सकेन । अझै पनि माओवादीमा जनयुद्धको धङधङी कायमै छ ।
यस्तो बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाएर माओवादी केन्द्र सत्ता साझेदार बनेको छ ।
सत्ता साझेदार रहँदा सरकारमा माओवादी अध्यक्ष प्रचण्ड हावी भइरहेका छन् । प्रचण्डले अनेक विषयमा प्रधानमन्त्री देउवालाई दबाबमा राखेका बेला छन् ।
एकातिर सत्तामा प्रचण्डले वर्चश्व राखेका छन् भने अर्कोतिर बाँकी रहेको जनयुद्धको धङधङीलाई पनि निरन्तरता दिन खोजेका छन् । विगतमा पूरा हुन नसकेको सत्तान कब्जा गर्ने रणनीति प्रचण्डको छ ।
यसैअन्तर्गत सत्तामा बसेर प्रचण्डले जनयुद्धको अभ्यास थालेका छन् । यसका लागि उनले पार्टी पुनर्गठनको मोडालिटी तयार पारेका छन् । त्यसो त सार्वजनिक रुपमै प्रचण्ड अब पार्टी पुनर्गठन हुने र एक नम्बर बन्ने बताइसकेका छन् ।
पुनर्गठनको अभ्यास रामेछापबाट भएको छ । पुनर्गठनलाई जनयुद्धसँग पनि जोडिएको छ । जनयुद्धकै अभ्यास हुनेगरी पुनर्गठन थालिएको छ । सत्तामा बसेर प्रचण्ड जनयुद्धको अभ्यासमा अग्रसर भएका हुन् ।
केन्द्रको नीतिअनुसार हालै रामेछापमा माओवादी पार्टी जनयुद्धको झल्को दिने गतिविधि गरेको छ ।
गत सोमवार माओवादी केन्द्रले दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ मा २१ जना सहिदहरुको तस्विरमा माल्यार्पण गरयो । जनयुद्धका क्रममा यहाँ सेनासँगको मुठभेडमा २१ जना माओवादी लडाकु मारिएका थिए १८ वर्षअघि ।
मारिएकाको सम्झनामा आयोजित कार्यक्रम जनयुद्धकै जल्को दिनेगरी भयो ।
१५० जनाको सहभागिता रहेको कार्यक्रममा जनयुद्धको झल्को दिनेगरी गतिविधि भएका थिए ।
पार्टी बलियो बनाउने, जनयुद्धको मुल मर्म मर्न नदिने, क्रान्ति गर्ने भन्दै दस्ताले नाराबाजी र तथा प्रतिबद्धता गरेका थिए ।
दोरबा शैलुङ्ग क्षेत्रका अध्यक्ष कुमार मोक्तानको नेतृत्वमा यो कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रमा पार्टी सत्तामा बस्ने र स्थानीय तहमा जनयुद्ध चर्काउने नीति माओवादीमा दखिएको छ । नेपालपाना


